site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्न हुँदैन : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्न नहुने बताएका छन् । बुधबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा पार्टीले आयोजना गरेको ‘राष्ट्रिय झन्डासँग सेल्फी’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्र अर्को खालको व्यवहार देखाउन नहुनेमा उनले जोड दिए । उनले सही क्रियाकलाप अघि नबढाउनेलगायत कार्य सरकारले गर्न नहुने उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

संविधान दिवस नेपाली जनताको साझा दिवस भएको उनले बताए । उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप देखिने गरेको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरे । विभिन्न आस्थाका नाममा गरिएका उच्छृंखल खालका क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नरहेको उनले बताए ।

उनले संविधानको प्रभावकारी कार्यान्वनय गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro