site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजीले डर्टमन्डलाई हराउँदा एमबाप्पेको गोल
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । काइलियन एमबाप्पे र अक्रफ हाकिमीको गोल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिग २०२३–२४ को आफ्नो पहिलो खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले हराएको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्समा भएको खेलमा पीएसजीले दुवै गोल दोस्रो हाफमा गरेको हो । ४९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै एमबाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेले नै १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार डर्टमन्डका निकलास सुलको ह्यान्ड भएपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् ।

Agni Group

त्यसको नौ मिनेटपछि मोरोक्कोका रक्षक हाकिमीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारेका थिए । जितसँगै तीन अंक जोडेको पीएसजी समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा हार बेहोरेको डर्टमन्ड तालिकाको पुछारमा छ ।

च्याम्पियन्स लिगको ‘ग्रु अफ डेथ’ मानिएको यस समूहमा पीएसजी र डर्टमन्डसँगै इंग्लिस क्लब न्युक्यासल युनाइटेड र इटालियन क्लब एसी मिलान छन् ।

Global Ime bank

मंगलबारै भएको अर्को खेलमा एसी मिलान र न्युक्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडे । बराबरीसँगै समान एक अंक जोडेका मिलान र न्युक्यासल क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu