राजनीति
न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंगेबीच न्यूयोर्कमा भेट भएको छ ।
मंगलरबार भएको भेटका अवसरमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विक्रमसिंगेबीच नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० ०८:१५
प्रतिक्रिया दिनुहोस्