site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
राष्ट्रिय बास्केटबल लिगको तयारी अन्तिम चरणमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । असोज दोस्रो सातादेखि सुरु हुने राष्ट्रिय बास्केटबल लिगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक नेपाल बास्केटबल संघ (नेबा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज १२ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुने छ ।

Dabur nepal
Agni Group

नेपाली बास्केटबलको शीर्ष लिगसमेत रहेको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन् । सिङ्गल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा विशाल मिलन केन्द्र, बूढानीलकण्ठ बास्केटबल क्लब, गोल्डेनगेट इन्टरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्ट्स सेन्ट्रल, टाइम्स इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबलले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र प्रत्येक खेलको ‘मोस्ट भ्यालुएबल प्लेयर’ले तीन हजार रुपैयाँ पाउने छन् । यस्तै, प्रत्येक क्लबले प्रतियोगिताको तयारीका लागि ५० हजार रुपैयाँ पाउने संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu