विदेश
काठमाडौं । भारतको शान्ति निकेतन युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ ।
नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टागोरले एक शताब्दीभन्दा पहिला केन्द्रीय विश्व विद्यालय भारतीको निर्माण गरेका थिए ।
विश्व संस्थाले आइतबार यसको घोषणा गरेको हो । यो निर्णय अहिले साउदी अरबमा चलिरहेको विश्व धरोहर समितिको ४५औँ सत्रका क्रममा लिइएको हो ।
शान्ति निकेतनको स्थापना १९०१ मा टागोरका पिता महर्षी देवेन्द्रनाथ टागोरले पश्चिम बंगालको वीरभूम जिल्लामा गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १३:२४
प्रतिक्रिया दिनुहोस्