site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न

काठमाडौं । ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न भएको छ । साइबर सुरक्षा फर्म थ्रेटनिक्सले गत भदौ २५ देखि २७ गतेसम्म उक्त कार्यक्रम आयोजना गरेको थियो ।

काठमाडौंमा तीन दिनसम्म चलेको कार्यक्रममा ह्याकरको वर्कसप, सम्मेलन तथा विभिन्न कार्यक्रमहरू भएका थिए । जसमध्ये ‘क्याम्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता पनि एक हो ।

उक्त प्रतियोगितामा विभिन्न कलेज तथा आईटी कम्पनीहरूलाई प्रतिनिधित्व गर्दै कुल ३८ समूह सहभागी थियो । जसमध्ये उत्कृष्ट पाँच समूह (पहिलोदेखि पाँचौँ)मा सफ्टवेरिका कलेजको विद्यार्थीहरू पर्न सफल भए ।

प्रथम हुने समूहले १० हजार रुपैयाँ नगद पुरस्कार र १६०० डलर (करिब दुई लाख १४ हजार रुपैयाँ) बराबरको ओएससीपी प्रमाणपत्र (पीईएन २०० कोर्ष, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्त गर्न सफल भए ।

दोस्रो हुने समूहले साढे सात हजार रुपैयाँ नगदसहित २०३ डलर (करिब २७ हजार) बराबरको प्रतिष्ठित ह्याक दी बक्स (एचटीबी)को एक वर्षसम्म भीआईपी पहुँच र ६ महिनाका लागि १६८ डलर (करिब २२ हजार रुपैयाँ) बराबरको दुई ओटा भीआईपी सब्सक्रिप्सन हात पारे ।

तेस्रो हुने समूहले पाँच हजार नगद पाए । साथै, ह्याक दी बक्सको एक वर्षसम्म भीआईपी पहुँच र ६ महिनाका लागि ८४ डलर (करिब ११ हजार रुपैयाँ) बराबरको एउटा भीआईपी सब्सक्रिप्सन पाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro