site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
‘बाह्रखरी ‘उत्कृष्ट कथा’बाट चलचित्र, नाटक बनाउन सकिन्छ’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाह्रखरी ‘उत्कृष्ट कथा’मा समावेश कथाबाट चलचित्र, टेलिचलचित्र र नाटक बनाउन सकिने समीक्षक तथा सर्जकले बताएका छन् । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता’का लागि आइतबार कथा आह्वान घोषणासभामा लेखक तथा सर्जकले यस्तो धारणा राखेका हुन् ।

पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले सो प्रतियोगितामा आउने कथालाई नाटक, चलचित्र र टेलिचलचित्रमा रूपान्तरण गर्न सकिने बताइन् । उनले सिनेमा र नाटकका लागि कथा भएन भन्ने गुनासो आउने गरेको स्मरण गरिन् । प्रतियोगिताका कथाबाट नाटक र सिनेमा बनाउन सकिनेमा उनले जोड दिइन् ।

Dabur nepal
Agni Group

“नाटक र सिनेमाका लागि कथा भएनन् भन्ने गुनासो मैले धेरै सुन्दै आएको छु । यो प्रतियोगितामा आएका कति कथाबाट नाटक र सिनेमा बनाउन सकिने मैले देखेको छु,” उनी भन्छिन्, “मैले बाह्रखरीको ‘उत्कृष्ट कथा’ हरेक वर्ष पढिरहेको छु, नाटक, सिनेमा र टेलिचलचित्र बनाउन हुने उपयुक्त कथा देखिरहेको छु । कथा छैन भने यहाँबाट लिन सकिन्छ ।”

डिश होम बाह्रखरी कथा : नयाँ पुस्तासँग जोडिँदै नेपाली साहित्य (तस्बिरहरू)

डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले पनि बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई सिनेमा र टेलिसिरियल बनाउन सकिने धारणा राखे । आफूहरू टेलिभिजनमा पनि सक्रिय रहेकाले प्रतियोगितामा आउने कथामा सिनेमा र टेलिभिजन सामग्री बनाउन सकिने उनले बताए ।

सिनेमा र टेलिभिजनकै लागि भनेर बनाइने सामग्रीभन्दा कथामा अझ बढी मौलिक र नभनिएका विषय आउने उनले उल्लेख गरे । ती सिनेमा र टेलिचलचित्रका सामग्रीका कथा बन्न सक्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro