site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रोकिएको बीपी साहित्य महोत्सव ३ गते हुने
फाइल तस्बिर।
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले स्थगन गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम असोज ३ गते गर्ने निर्णय गरेको छ । सोमबार पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै रोकिएको महोत्सवको कार्यक्रम ३ गते हुने जानकारी दिएका हुन् ।

कांग्रेसले भदौ २४ र २५ गते दुई दिनको कार्यक्रम सम्पन्न गरेपछि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण तेस्रो दिनको कार्यक्रम स्थगन गरेको थियो ।

तेस्रो दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षामा की नोट स्पिच, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्र्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी र बीपीको विचार, आजको संविधान र अबको बाटो सेसन रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu