site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरोपितको बयान– विशालको हत्याबारे अरू तीनजनाले पनि थाहा पाएपछि सबैलाई...

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्याकाण्डका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रहरीले हत्याकाण्डका आरोपित सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो ।

घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको छ ।

शुक्रबार राति तीनकुनेको दिव्य स मिलमा विशाल राईसहित चारजनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । प्रहरीले रिसिइबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारीस्थित वीरेन्द्र चोकमा बस्दै आएको बताए । उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठोरले बताए ।

केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसिइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदीभिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताए ।

भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ । राईलाई हत्या गरिसकेपछि अन्य तीनजनालाई पनि थाहा भएपछि सबैको हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।

"सञ्जय भण्डारीले रिस थाम्न नसकी खुकुरीले निज विशाल राईको टाउकोमा पटकपटक प्रहार गरी विशाल राईको हत्या गरेको । निज विशाल राईको हत्या गर्ने क्रममा बुढी आमा सुभद्रा भुजेलले घटना देखी कराएको जस्तो लागि निज प्रतिवादीले आफूलाई चिनेर यो घटना बाहिर आउँछ भन्ने लागेकोले निज बुढी आमालाई सोही खुकुरीले टाउकोमा प्रहार गरेको । सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखी निजलाई पनि टाउकोमा नै पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको । त्यसपछि निज मृतक पूर्ण बहादुर भुजेलको श्रीमती अम्बिका भुजेल पनि सोही स्थानमा आएकोले निजले समेत सो घट्ना देखेकाले बाहिर नल्याओस् भनी निज अम्विका भुजेलको पनि टाउकोमा नै पटकपटक प्रहार गरी हत्या गरेको," प्रहरीले भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro