site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने हत्या प्रकरणका आरोपित सार्वजनिक, जो जन्मजात नै बोल्दैनन्

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । 

प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का २३ सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । उनी हाल काठमाडौंको काँडाघारीस्थि विरेन्द्र चोक बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनी जन्मजात नै बोल्न सक्दैनन् । उनले कक्षा ८ सम्म सिन्धुपाल्चोक बाह्रबिसेमा र काठमाडौंमा १२ कक्षासम्म अध्ययन गरेका थिए ।

घटना अनुसन्धानका क्रममा सांकेतिक भाषाविज्ञको सहयोगमा थप सोधपुछ गरिएको सोही क्रममा उनले आफूले सम्पूर्ण घट्ना एक्लै घटाएको स्वीकार गरेको प्रहरी बताउँछ । 

प्रहरीले भण्डारीको साथबाट घटना भएको दिन उनले बोकेको झोला र सोही झोलामा रहेको एक थान खुकुरी बरामद गरेको जनाएको छ । पक्राउ पर्दा उनले घटना घटाउँदा लगाएको कपडाहरू नै लगाएको र उनको टिसर्टमा रगतको जस्तो दागहरू देखिएको प्रहरीले जनाएको छ । 

केही समय अगाडि मृतक विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा भएको विवादका क्रममा विशालले सञ्जय भण्डारीलाई कुटपिट गरेको र त्यसैको रिसइबी साँध्ने क्रममा हत्या भएको प्रहरीको दाबी छ । 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro