site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया कपमा भारतीय ओपनर शुभमन गिलले बनाए सर्वाधिक धेरै रन 

काठमाडौं । एसिया कप–२०२३ मा भारतका ओपनर शुभमन गिल सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका छन् ।

भारतलाई प्रतियोगिताको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका गिलले ६ खेलमा कुल ३०२ रन बनाए । यसक्रममा उनले एक शतक र दुई अर्धशतक प्रहार गरे । गिलले नेपाल र पाकिस्तानविरुद्ध अर्धशतक बनाएका थिए ।

Dabur Nepal
NIC Asia

यस्तै, सुपर फोरमा बंगलादेशविरुद्ध उनले शतक प्रहार गरेका थिए । गिलले प्रतियोगिताभर ३५ चौका र ६ छक्का प्रहार गरे ।

सबैभन्दा धेरै रन बनाउने खेलाडीको दोस्रो स्थानमा श्रीलंकाका कुशल मेन्डिस छन् । मेन्डिसले ६ खेलमा तीन अर्धशतकसहित २७० रन बनाए । यस्तै, तेस्रो स्थानमा पनि श्रीलंकाकै सदिरा समराविक्रमा छन् । उनले प्रतियोगितामा दुई अर्धशतकसहित २१५ रन जोडे ।

यो सूचीको चौँथो स्थानमा रहेका पाकिस्तानी कप्तान बाबर आजमले पाँच खेलमा २०७ र पाँचौ स्थानमा रहेको पाकिस्तानकै ब्याटर मोहम्मद रिजवानले पाँच खेलमा १९५ रन बनाए । प्रतियोगितामा बाबरले एक शतक प्रहार गर्दा रिजवानले दुई खेलमा अर्धशतक बनाएका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro