site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सहजै फर्म तयार पार्न र भर्न सकिने ‘ओम्नियुज’ नेपालमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘ओम्नियुज’ वेब तथा मोबाइल प्लेटफर्म नेपालमा सार्वजनिक भएको छ । विश्वभरका डिजिटल ग्राहकहरू र संस्थाहरूबीचको समन्वय सिर्जना गर्ने उद्देश्यले एप्लिकेसन सञ्चालनमा ल्याइएको हो ।

ओम्नियुज वेब एप्लिकेसनले सबै व्यापारसहित स्कुल, कलेज, विश्वविद्यालय, मेनपावर, अस्पताल, कर्पाेरेट संस्थाहरू, स्थानीय तथा संघीय सरकार र एनजीओ तथा आईएनजीहरूलगायतका संघसंस्थाहरूलाई सेवा प्रदान गर्ने जनाइएको छ ।

यस्ता संघसंस्थाहरूले प्लटेफर्मबाट सहजै फर्म बनाउन, प्रकाशित गर्न र पेस गरेको फर्मलाई व्यवस्थापन गर्नसक्ने कम्पनीले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत अप्रिल १४ देखि सुरु भएको ओम्नियुज आइतबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिकरूपमा सार्वजनिक भएको हो ।

अमेरिकी कम्पनी डिजिटल फम्याल्युएसन एलएलसीले निर्माण गरेको सबक्रिप्सनमा आधारित सेवा हो । यसमा  गुगल र माइक्रोसफ्टभन्दा बढी फिचर रहेको कम्पनीको दाबी छ ।

Global Ime bank

प्रयोगकर्ताहरूका लागि कतिपय निःशुल्क सुविधासमेत रहेको ओम्नियुज प्लेटफर्म वेब एप, मोबाइल एप र कनेक्ट एपीआई र एप्लिकेसनका रूपमा प्रयोग गर्न सकिन्छ ।

कनेक्ट एपले मोबाइल र वेब एप्लिकेसनबीच जोड्छ । साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफूलाई नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ । 

यस सिस्टमको उद्देश्य विभिन्न संघसंस्थाहरू र ग्राहकहरूको फर्म बनाउँदा, प्रकाशन गर्दा, अप्लाई गर्दा हुने समस्यालाई कम गर्ने भएको कम्पनीले जनाएको छ । प्लेटफर्ममा नेपाली, हिन्दी र अग्रेजी भाषा समावेश गरिएको छ ।

ओम्नियुज वेबमा रेगुलर र सब्सक्रिप्सन गरेर दुईवटा संस्करण छ । रेगुलर मोडेल विभिन्न संघसंस्थाहरूका लागि बनाएको हो, यसलाई संस्थाहरूले आफ्नै सर्भरमा पनि राख्न सक्ने छन् ।

रेगुलर मोडेलमा सुविधाहरूअनुसार मूल्य राखिएको छ । सब्सक्रिप्सन मोडेल सम्पूर्ण संघसस्थाहरूका लागि निःशुल्क छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement