site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने सामूहिक हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

शुक्रबार राति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

सो घटनाको अनुसन्धानका लागि प्रहरीले नवीन राईकै आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । उनले संलग्नता अझै स्वीकार गरेका छैनन् ।

तर, काठमाडौं प्रहरीको विशेष टोलीले सो घटनामा संलग्न रहेको आरोपमा अर्का एक व्यक्तिलाई पक्राउ गरेको हो । आइतबार पक्राउ गरेका आरोपीको पहिचान भने प्रहरीले गोप्य राखेको छ । परिसर स्रोतका अनुसार आइतबार पक्राउ परेका व्यक्तिको भूमिका शंकास्पद देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro