site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाबाट पोखरा र वीरगंज पठाएको पार्सलमा गाँजा भेटियो, पाँचजना पक्राउ

काठमाडौं । अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ । 

उक्त गाँजा लिने पाँचजना पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज–१६ का डल्लु राम, सोहीका हबिब मिया पक्राउ परेका हुन् । अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै वीरगंज हुलाक कार्यालयबाट लिनेगरी २६८ ग्राम गाँजा पठाएको खुलेको हो ।

त्यस्तै, २४ भदौमा अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्ली बजार हुँदै जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुनेगरी  पठाइएको अर्को एक कार्टुन भित्रसमेत गाँजा भेटिएको छ । 

पोखरा हुलाक कर्यालयमा पठाएको कार्टुनभित्र एक किलो ४०० ग्राम गाँजा भेटिएको ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए । पोखराबाट गाँजा लिन खोज्ने समूहका तीनजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेका डडेलधुरा, गन्यापधुरा–१ का रेनुका तामाङ, भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पक्राउ गरेको छ । 

तामाङले उक्त गाँजा अरुण र नइमको रहेको बताएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro