site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया कप फाइनल : साविक विजेता श्रीलंकासामु सबैभन्दा सफल टोली भारतको चुनौती

काठमाडौं । एसिया कप–२०२३ को फाइनलमा आइतबार साविक विजेता श्रीलंकालाई प्रतियोगिताकै सबैभन्दा सफल टोली भारतले चुनौती प्रस्तुत गर्दै छ ।

सात उपाधिसहित प्रतियोगिताको सबैभन्दा सफल टोली रहे पनि भारतले सन् २०१८ यता आईसीसी र एसीसीका कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । 

Dabur Nepal
NIC Asia

आईसीसी वरीयताको आठौँ स्थानको श्रीलंकाले छनोट खेल्दै एकदिवसीय विश्वकपका स्थान बनाए पनि ‘डार्क हर्स’ को छवि बनाएको छ ।

भारतले समूह ‘ए’ को र श्रीलंका समूह ‘बी’ विजेताको रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । सुपर फोरमा भारतलाई २१३ मा अल आउट गरे पनि श्रीलंका ४१ रनले पराजित भएको थियो ।

घरेलु टिम श्रीलंका एसिया कपमा सबैभन्दा धेरै फाइनल खेल्ने टिम हो । श्रीलंकाले हालसम्म १२ पटक फाइनल खेलेको छ । जसमध्ये ६ उपाधि जितेको श्रीलंका आज उपाधिसहित प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने टिमको रूपमा भारतसँग बराबरी गर्न चाहन्छ ।

भारतले १० पटक फाइलन खेलेको छ । सुपर फोरबाटै बाहिरिएका पाकिस्तानले पाँच र बंगलादेशले तीन पटक फाइनल खेलेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिमबीच हालसम्म १६६ खेल भएका छन् । जसमध्ये भारतले ९७ खेल जितेको छ । श्रीलंकाले ५७ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ । यस्तै, ११ खेल नजिताविहीन र एक खेल ‘टाई’ भएको छ ।

कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro