site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ स्टक एक्स्चेञ्ज ल्याउन असफल भयौँ : अध्यक्ष हमाल
फाइल तस्बिर।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्स्चेन्ज ल्याउन असफल भएको स्वीकार गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले आफू असफल भएको स्वीकारे । उनले नयाँ स्टक एक्सचेन्ज ल्याउने भनेको लामो समय प्रयास गरे पनि बोर्ड असफल भएका बताए ।

पुँजीबजारमा प्रतिष्पर्धा गर्न नयाँ स्टक एक्सचेन्ज ल्याउन सबै प्रक्रिया पुर्‍याएर तीन कम्पनीको आवेदन परेको १२/१३ महिनाको अवधि हुँदा पनि स्वीकृत गर्न नसकेको भन्दै उनले धितोपत्र बोर्ड स्टक एक्सचेन्ज ल्याउन असफल भएको बताए ।

सरकारसँग जुध्न गाह्रो भएको भन्दै उनले विश्वको पुँजीबजारसँग प्रतिष्पर्धा गर्ने नयाँ स्टक एक्सचेन्ज ल्याउन खोजेको बताए । त्यस्तो भएमात्रै पुँजीबजारको सम्पूर्ण इकोसिस्टम सुधार हुने बताउँदै उनले बोर्डको सरकारी स्टक एक्सचेन्जलाई सिध्याउने भन्ने कुनै पनि मनसाय नभएको स्पष्ट पारे ।

नेपालको कुनै पनि आर्थिक क्षेत्रमा मनोपोली हुन नहुने भन्दै मनोपोली भए विकासको बाटोमा अगाडि बढ्न नसकिने उनले बताए । पछिल्लो समय हाइड्रो र रियल सेक्टर सुधार भइरहेको भन्दै अध्यक्ष हमालले राइट सेयरमा केही गर्न खोजिरहेको बताए ।

सेबोनको शुल्क घटेपछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइने भन्दै उनले पहिला सेबोनले लिने शुल्क घटेपछि मात्रै ब्रोकर कमिसन घट्ने बताए । ब्रोकर कम्पनी पुँजीबजारको मुटु भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro