site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छानबिन समितिको प्रतिवेदनमा स्वास्थ्यमन्त्रीको असन्तुष्टि, दोस्रो पटक बुझाइयो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु घटनामा छानबिन समितिले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई दोस्रोपटक प्रतिवेदन बुझाएको छ । 

मंगलबार बुझाइएको प्रतिवेदनमा मन्त्री बस्नेतले असन्तुष्टि जनाएपछि शुक्रबार समितिले दोस्रोपटक प्रतिवेदन बुझाएको हो । 

घटना भएको दिन (भदौ १८ गते) इमर्जेन्सीमा रहेका चिकित्सक र सुरक्षा कर्मचारीको स्पष्टीकरणसहितको प्रतिवेदन बुझाउन शुक्रबार अस्पताल निर्देशक डा.पंकज राय, छानबिन समितिका संयोजक डा. प्रकाश जोशीसहितको टोली मन्त्रालय पुगेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार बुझाइएको प्रतिवेदनमा अस्पतालको इमर्जेन्सी कक्षमा लामो समय कुरेर छट्पटाएका बालिकाको परिवारलाई सुरक्षा गार्डले ढिलोगरी भित्र छिराएको र ड्युटीमा रहेका चिकित्सक झन्डै आधा घण्टा हराउँदा उपचारमा ढिलाइ भएको उल्लेख गरिएको छ । 

“मन्त्रीज्यूले मंगलबार पहिलो प्रतिवेदन बुझ्नुभयो, त्यसमा सुरक्षा गार्ड र ड्युटीमा रहेका चिकित्सकको लापरबाही देखाइएको थियो, तर मन्त्रीज्यूलाई चित्त नबुझेपछि ड्युटीमा रहेका चिकित्सकको पनि स्पष्टीकरण माग्नुभयो र कान्तिको टोलीले आज फेरि स्पष्टीकरणसहितको रिपोर्ट बुझाएर गयो” सचिवालयका एक कर्मचारीले भने । 

Global Ime bank

शुक्रबार दिउँसो मात्रै बुझाइएको दोस्रो प्रतिवेदनमा सो दिन ड्युटीमा रहेका चिकित्सकको स्पष्टीकरणमा के छ भन्नेबारे मन्त्री स्वयम्ले समेत हेर्न नभ्याएको ती कर्मचारीले बताए । 

इमर्जेन्सीको ड्युटीमा रहेका चिकित्सक अरुलाई जिम्मेवारी हस्तान्तरण नगरी आधा घण्टासम्म गायब हुनु गम्भीर लापरबाही भएको मन्त्री बस्नेतको भनाइ छ । यता छानबिन टोलीले भने ड्युटीमा रहेका चिकित्सक आफैँ अस्वस्थ भइ सेवा प्रभावित हुन पुगेको दाबी गरेको छ । 

Kanti-Baal-Hospital-(3)-1694785475.jpg

“डाक्टरको स्पष्टीकरणमा ड्युटीमा रहेका बेला डायरिया भएर केहीबेर बिरामी जाँच्न ढिला भएको, बिरामीको चाप रहेकाले अर्का डाक्टरले पनि हेर्न नभ्याएको भनेका रहेछन् अब मन्त्रीज्यूले त्यसैमा विश्वास गर्नुहुन्छ की अर्को छानबिन समिति गठन गर्नुहुन्छ थाहा छैन,” अस्पतालका एक उच्च अधिकारीले भने । 

अस्पताको इमर्जेन्सीमा प्रायः चारदेखि पाँचजना चिकित्सक रहने भएकाले एकजना नहुँदैमा बिरामी जाँच्नै ढिलो हुने अवस्था नआउने अस्पतालका सूचना अधिकारी रमेश नरसिंह केसी बताउँछन् । 

“इमर्जेन्सीमा डाक्टर अभाव हुने भन्ने हुँदैन, दरबन्दी त मेडिकल अफिसरको पनि खाली छ तर त्यो ठाउँमा रेजिडेन्ट डाक्टरहरूले काम गर्नुहुन्छ, १८ गतेको घटनामा केही व्यवस्थापकीय त्रुटी भएको हो”, केसीले बाह्रखरीसित भने । 

मृतकका परिवारको गुनासो : हामीले त छोरी गुमायौँ तर अस्पतालको सेवा सुधारिनुुपर्छ 
अस्पतालको तर्फबाट मंगलबार प्रतिवेदन बुझाएपछि बुधबार मृतक रेजिशा गोपालीका परिवार मन्त्री बस्नेतलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए । भेटमा मन्त्री बस्नेतले ‘तपाईंहरूको के गुनसो छ’ भनि सोधेका थिए । 

जवाफमा उहाँहरूले “हामीले त छोरी गुमाइहाल्यौँ, हाम्री छोरीजस्तै अरु बालबालिकाले उपचार नपाएर मर्नु नपरोस् मन्त्रीज्यू कान्ति अस्पतालको सेवा साह्रै अस्तव्यस्त रहेछ, त्यो सुधार हुनुपर्छ भन्नुभयो” सचिवालयका एक कर्मचारीले भने । 

मृतकका परिवारसँग भेटेपछि मन्त्री बस्नेतले पुनः चिकित्सकको सपष्टीकरणसहितको प्रतिवेदन माग गरेका हुन् । भदौ १८ गते उच्च ज्वरो र बान्ताको लक्षण लिएर साँझ ५ः४२ बजे लाइनमा राखिएकी रेजिशाको ८० मिनेटपछि चिकित्सकहाँ पु¥याउँदा मृत्यु भइसकेको अस्पतालले जनाएको छ । 

मकवानपुर थाहा नगरपालिका–१० की पाँच वर्षीया रेजिशा ८० मिनेटसम्म इमर्जेन्सी कक्षबाहिरै हजुरबुवाको काखमा थिइन् ।

घटनापछि अस्पतालको इमर्जेन्सीमा छुट्याइयो जोन, फार्मेसी र काउन्टरसँगै
बालिका मृत्युको घटनापछि कान्ति बाल अस्पतालले इमर्जेन्सी सेवालाई व्यवस्थित गर्न जोन छुट्याएको छ । 

बिरामीको प्रारम्भिक परीक्षणका लागि अस्पतालले इमर्जेन्सी कक्षको बाहिर एकजना नर्स खटाएको छ । 

इमर्जेन्सीको कक्षमा प्रवेश गर्नासाथ बिरामीको अवस्था हेरेर अति आकस्मिकलाई टिकट नलिइ रातो कार्ड, मध्यम सिकिस्तलाई पहेंलो र कम सिकिस्तलाई हरियो कार्डका आधारमा उपचार सुरु गर्ने व्यवस्था गरिएको अस्पतालका सूचना अधिकारी केसीले बताए । 

Kanti-Baal-Hospital-(2)-1694785473.jpg

साथै टिकट काउन्टरमा बिरामीको भीड कम होस् लामो समय कुर्न नपरोस् भनेर अस्पतालले अतिरिक्त सेवा काउन्टर सुरु गरेको छ । 

बिरामीको चाप एकैतिर मात्रै नहोस् भनेर इमर्जेन्सी काउन्टर थपिएको, यो काउन्टर बिहान ९ देखि दिउँसो ३ बजेसम्म खुला रहने जनाएको छ । अस्पताल बाहिर रहेको फार्मेसीलाई पनि अहिले काउन्टरसँगै सारिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय