site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तेस्रो जनआन्दोलनको तयारीमा छौँ : कमल थापा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले आफूहरूको आन्दोलन कसैलाई विस्थापित गर्नका लागि नभएको पनि बताए ।

"सामान्य सुधार गर्न पनि तयार नभएको कारणले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ । तेस्रो जनआन्दोलनको तयारी गरिरहेका छौँ," उनले भने ।

उनले देशमा करिब डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरूले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्ने कुरा सम्भव नरहेको जिकिर गरे ।

उनले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरूको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बाए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro