site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीजीले ल्यायो ‘सीजीले घर सजाऔँ, खुसीले चार्ड मनाऔँ’ अफर

काठमाडौं । सीजी ब्रान्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ नामक अफर ल्याएको छ ।

सीजीले दसैँ र तिहारका अवसरमा चाडपर्व अफर ल्याएको हो । अफरअन्तर्गत ग्राहकले सीजी ब्रान्डका उत्पादन खरिद गर्दा क्यासब्याक र आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकले ५६ हजार ४०० रुपैयाँसम्म बचत गर्ने अवसर प्राप्त गर्न सक्ने सीजीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यो योजना यही भदौ २५ गतेदेखि सीमित समयका लागि लागु गरिएको छ । यसमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कस्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्ने सीजीले जनाएको छ ।

यो योजना सीजी ब्रान्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै, टीभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन् । अफर सबै सीजी ब्रान्डका आधिकारिक डिलरबाट सजिलै प्राप्त गर्न सकिने जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro