site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाठेघर क्यान्सरविरुद्धको खोप : ९५ प्रतिशत प्रभावकारी, सबैले कहिले लगाउन पाउँछन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप दिन सुरु गरेको छ । बुधबरदेखि डेमोस्ट्रेसनका रूपमा १४ वर्ष पूरा भई १५ ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो ।

यसअघि सन् २०१६ ०१७ मा नेपालमा एचपीभी खोपको क्लिनिकल ट्रायल भए पनि आम समुदायमा पहिलोपटक यो खोप दिइएको हो । 

HPV-Vaccine-(3)-1694624257.jpg

Prabhu Bank
Agni Group
NIC Asia

कस्तो हो एचपीभी विरुद्धको खोप, कति प्रभावकारी ?

एचपीभी एक प्रकारको जीवाणु हो । विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व एचपीभी हो । पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभीले गराउँछ । 

Global Ime bank

Capture-1694625565.JPG

यो जीवाणुका दुईसय बढी प्रजाति छन् । तीमध्ये १६ र १८ प्रजाति क्यान्सरका प्रमुख कारक हुन् । एचपीभीविरुद्धको खोपले यीनै जिवाणुविरुद्ध काम गर्ने र यो खोपको प्रभावकारिता ९५ प्रतिशत भन्दा बढी रहने परिवार कल्याण महाशाखाअन्तरगतको खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउँछन् । 

नेपालमा अहिले दिन लागिएको एचपीभी खोप चीनमा उत्पादित सिकोलिन कम्पनीको हो । 

HPV-Vaccine-(12)-1694624274.jpg

किन डेमोस्ट्रेसन भनियो ? 

नेपालमा आजबाट दिन थालिएको एचपीभी खोपलाई डेमोस्ट्रेसन भनिएको छ । यसअघि सन् २०१६ ०१७ मा कास्की र चितवनमा यो खोपको क्लिनिकल ट्रायल गरिएको थियो । सो समय २४ हजार ९७२ जनामा ट्रायल गरी खोपको प्रभावकारितासमेत अध्ययन भएको थियो । 

अहिले भने सरकारसँग २० हजार डोजमात्रै खोप उपलब्ध भएको र अब कहिले आउने भने निश्चित नभएकाले डेमोस्ट्रेसनको रूपमा मात्रै दिइएको डा. गौतमले बताए । 

“अहिले हामीले कसरी दिने कहाँ कहाँबाट दिँदा प्रभावकारी हुन्छ भनी सिकाइका लागि खोप दिएका हौँ, तर ट्रायल भने होइन । थप खोपका लागि प्रस्ताव गरेका छौँ, थप खोप आउन एक वर्ष बढी समय लाग्न सक्छ, त्यसपछि भने नियमित तालिकामा नै राखेर अन्य उमेर समूहलाई पनि खोप दिने योजना छ, त्यसैले अहिले यसलाई डेमोस्ट्रेसन भनिएको हो,” उनले प्रस्ट पारे । 

HPV-Vaccine-(11)-1694624273.jpg

कहाँ कहाँबाट दिइँदैछ खोप ? 

बुधबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरु भएको खोप कार्यक्रम सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट दिइने छ । पहिलो चरणमा नौ हजार ५०० किशोरीलाई खोप दिइने खोप शाखाले जनाएको छ ।

hpv-vaccine-1694625586.jpg

प्रसूति गृहसहित कोसी प्रदेशमा कोसी अस्पताल, मधेस प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइने छ । यो कार्यक्रम भदौ ३० गतेसम्म चल्ने छ ।

HPV-Vaccine-(6)-1694624262.jpg

कहिले कति डोज लगाउने ?

एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्ने शाखाले जनाएको छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनुपर्छ ।

एचपीभी खोप सबै प्रदेश र जिल्लाका किशोरीहरूमा पुर्‍याउन सन् २०२४ सम्म थप खोप ल्याइने गरी छलफल अघि बढेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले बताइन् ।

देशभरका १४ वर्ष उमेरका किशोरीलाई मात्रै दिन पनि १३ लाख ५० हजार डोज खोप आवश्यक पर्ने उनको भनाइ छ ।

HPV-Vaccine-(8)-1694624266.jpg

कति देशमा दिइन्छ एचपीभी खोप ?

एचपीभी खोपलाई अधिकांश मुलुकले नियमित खोपमा राखेर दिँदै आएका छन् । युनिसेफले सन् २०२३ मा मात्रै ५२ वटा देशमा यो खोप वितरण गरेको जनाएको छ । नेपालमा अहिले आएको खोप विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त खोप भएको परिवार कल्याण महाशाखाले जनाएको छ । 

HPV-Vaccine-(5)-1694624261.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय