काठमाडौं । हुन्डाई नेपालले भदौ २१ गतेदेखि सार्वजनिक गरेको फेस्टिभ डिलाइट अन्तर्गतको बम्पर उपहार सार्वजनिक गरेको छ ।
नाडा अटो सो २०२३ को पहिलो दिन हुन्डाईको उक्त ‘एक्सटर एसयूभी’लाई अर्थमन्त्री डा. प्रकाशशरण महतले अनावरण गरेका हुन् ।
हुन्डाई फेस्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र स्क्राच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट मिल्ने कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले एक वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने बताएको छ ।
ग्राहकको सन्तुष्टिका लागि हुन्डाईले सदैव समय सापेक्षिक ग्राहकलक्षित योजना सार्वजनिक गर्दै आइरहेको बताएको छ ।
यसबीच फेस्टिभ डिलाइट २०८० योजनाअन्तर्गत बम्पर प्राइजमा हुन्डाई एक्सटर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
हुन्डाईका गाडीमा तीन वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ रहेको छ । यो योजना छठ पर्वसम्म लागु हुने कम्पनीको भनाइ छ ।