
काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय पराजुलीको मंगलबार अपराह्न अन्त्येष्टि गरिएको हो ।
निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको थियो । साहित्यकार पराजुली कथा, उपन्यास र कविता तीनवटै विधामा सक्रिय थिए ।
उनले केही समयअघि मात्रै कथासंग्रह जन्तरमन्तर प्रकाशित गरेका थिए । उनका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा माक्र्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् ।
पत्रकारको रुपमा उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरीलगायतका अनलाइनमा पनि काम गरेका थिए ।