site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाले भदौ २७ गते काठमाडौंमा विरोध सभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ २७ गते काठमाडौंमा बृहत् विरोध सभा गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले 'देशद्रोहीविरुद्ध' विरोध सभा गर्न लागिएको जनाएको हो ।

भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दबाब दिन विरोध सभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

गौ हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दबाब दिन विरोध सभा गर्न लागेको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले बताए । 

शाहीले विभिन्न प्रकरणको अनुसन्धान नेताहरूमाथि आए पनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको बताए ।

उनले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने चेतावनी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro