site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी नामकरण विवाद : प्रधानमन्त्री  सहभागी सभाको ब्यानरमा प्रदेशको नाम नै छैन
SkywellSkywell

विराटनगर । समाजवादी मोर्चाले आज कोसी प्रदेशको विराटनगरमा सन्देशसभा आयोजना गरेको छ । विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमको ब्यानरमा भने प्रदेशको नाम उल्लेख भएन । 

प्रदेशस्तरीय सन्देश सभामा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सहभागी छन् ।

KFC Island Ad
NIC Asia

समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमको ब्यानरमा समाजवादी मोर्चा प्रदेश समिति मात्र उल्लेख गरिएको छ । तत्कालीन प्रदेश नं १ प्रदेससभाबाट फागुन १७ गते  प्रदेशको नाम पारित गराउँदा प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र)ले समेत पक्षमा मतदान गरेको थियो । तर, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पहिचानको मागसहित विपक्षमा थिए ।

मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीका नेताहरुले ब्यानरमा कोसी लेख्ने वा नलेख्ने विषयमा मतान्तर भएपछि प्रदेश समिति मात्र लेखिएको आयोजकले जनाएका छन् । मोर्चाका प्रचार सामग्रीमा कोसी प्रदेश लेखिएको छैन ।

Royal Enfield Island Ad

एकीकृत समाजवादीका नेता महेश रेग्मीले नामको विषयमा दलहरुबीच अहिले पनि फरक धारणा भएकोले उल्लेख नगरिएको बताए । मोर्चाले काठमाडौंबाट सन्देशसभा सुरु गरेको हो । विराटनगरपछि धनगढीमा कार्यक्रम हुने मोर्चाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro