site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
टुंगियो अनेरास्ववियु क्रान्तिकारीको दुई वर्षदेखिको विवाद
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को करिब दुई वर्षदेखिको विवाद टुंग्याउने सहमति भएको छ ।

आज बिहान बालुवाटारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनसहितका नेताहरुको उपस्थितिमा २३औँ राष्ट्रिय सम्मेलन गर्ने गरी आठबुँदे सहमति भएको छ ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र पवन कार्की नेतृत्वको विद्रोही समूहलाई एक बनाएर लैजाने सहमति भएको हो । दुई कमिटीलाई २३औँ राष्ट्रिय सम्मेलनको आयोजक कमिटीमा रुपान्तरण गरिने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सहमतिअनुसार तत्कालीन अध्यक्ष रञ्जित तामाङको पालाको आयोजक कमिटीलाई २३औँ राष्ट्रिय सम्मेलनको पदाधिकारी बनाउने निर्णय भएको छ । अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष इन्द्र भुसालका अनुसार अहिले पदाधिकारी रहेका सचिवहरुलाई उपमहासचिव बनाउने सहमति भएको छ ।

अखिललाई देखाएर माओवादीमा असन्तुष्टिको आगो, प्रचण्ड र जनार्दनबीच किन भयो भनाभन ? 

Global Ime bank

सम्मेलनको मिति भने तय भएको छैन । माओवादीको तीनमहिने अभियान सकिएपछि नै सम्मेलन गर्ने मोटामोटी सहमति भएको छ । दुवै समूह मिलाउँदा करिब ५०० सदस्यीय आयोजक कमिटी बन्नेछ । पदाधिकारी डेढ सय सदस्यीय हुने नेताहरु बताउँछन् ।

असन्तुष्ट समूहको नेतृत्व गरिरहेका कार्कीले विवाद समाधानका लागि सम्मेलनमा जानुपर्छ भन्ने माग सम्बोधनको चरणमा पुगेको बताए ।

“हामीले समाधान भनेको सम्मेलनमा जानुपर्छ भनेका थियौँ ।  २३औँ सम्मेलनमा जाने भन्ने नीतिगत कुरा भएको छ,” उनले बाह्रखरीसँग भने, “दुवै कमिटीलाई मिलाएर सम्मेलनको आयोजक समितिमा रुपान्तरण गर्ने नीतिगत सहमति भएको छ ।”

त्यस्तै, सम्मेलनमा चुनावद्वारा नयाँ समिति निर्माण गर्ने सहमति पनि भएको उनले बताए ।

कार्की समूहले २२औँ सम्मेलनमा नेतृत्व बन्न नसकेको, कमिटी बन्दा मनपरि गरी आफ्ना मान्छे मात्रै पारिएको आरोप लगाउँदै छुट्टै कमिटी बनाएको थियो । कार्कीले अब भने विवाद समाधान हुने वातावरण बनेको बताए ।

“अहिलेको कमिटी पञ्चा सिंहले बनाएको कमिटीमा पनि गएन । हामीले बनाएको कमिटीमा पनि गएन । २२औँ राष्ट्रिय सम्मेलनको आयोजक समितिमा फर्किएर त्यसलाई आधार मानेर अघि बढ्यो,” कार्की भन्छन्, “विवाद समाधान हुने वातावरण बनेको छ । पहिले पनि पार्टीले निर्णय गरेर समाधान भएन, अब त्यस्तो नहोस् ।”

उनले विवाद टुंगोमा पुगिनसकेको बताए ।

सोमबार बिहान बालुवाटारमा भएको सहमतिअनुसार थप निर्णय गर्नका लागि माओवादीको केन्द्रीय पदाधिकारी बैठक आज साँझ बस्ने तयारी छ ।

Akhil-mao-PR-1694418805.jpg

के थियो विवाद ?

२०७८ भाद्र २६ गते संगठनको प्रथम विधान सम्मेलनमार्फत १९९ केन्द्रीय समिति, २५ पदाधिकारी रहने, पदाधिकारीहरु दोहोरिन नपाउने निर्णय भएको थियो ।

०७८ असोजमा भएको २२औँ राष्ट्रिय सम्मेलनको हलले पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरेको थियो । बाँकी केन्द्रीय समिति र पदाधिकारी समितिका सदस्यहरू बसी आवश्यक छलफल गरेर निर्णय गर्ने भनेर सम्मेलन समापन भएको थियो ।

र, तीन महिनापछि अध्यक्ष पञ्चा सिंहले केन्द्रीय समिति फेसबुकमार्फत् सार्वजनिक गरेकी थिइन् । अवैधानिक तरिकाबाट विधान मिचेर समिति गठन गरिएको भन्दै उपाध्यक्ष पवन कार्की पक्षले निरन्तर विरोध गरिरह्यो ।

०७८ पुस ७ गते शपथग्रहण कार्यक्रम राखियो । उक्त शपथग्रहण तथा बिस्तारित बैठक विवाद र अन्योलताको बीच सम्पन्न भयो ।

विधान संशोधन गर्ने निकाय केन्द्रीय परिषद् गठन नगरी केन्द्रीय समिति १९९ बाट २९९ हुने सहमति भएको थियो ।

०७९ असार ५ गते अखिल क्रान्तिकारीको तेस्रो केन्द्रीय कमिटी  बैठकमा हात हालाहाल नै भयो । पदाधिकारी चयनमा असन्तुष्ट कार्कीको समूहले हलमा नाराबाजी गरेको थियो । पछि हात हालाहाल नै भएको थियो । विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठकस्थल खाली गराएको थियो ।

विवाद चर्किएपछि कार्की समूहले ०८० भदौमा राष्ट्रिय सम्मेलन गर्ने गरी १९७ सदस्यीय कमिटी बनाएको थियो । त्यसपछि अनेरास्ववियुमा छुट्टा छुट्टै गतिविधि भएका थिए । विवाद समाधानका लागि नेतृत्वले हस्तक्षेप पनि गरेको थियो ।

विवादले चरम रुप लिएपछि समाधान गर्नका लागि पार्टीको स्थायी कमिटी बैठकले कार्यदल समेत बनाएको थियो । पूर्वविद्यार्थी नेता रमेश मल्लको नेतृत्त्वमा भएको कार्यदलले प्रतिवेदन बुझाए पनि विवाद समाधान हुन सकेको थिएन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय