site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अखिललाई देखाएर माओवादीमा असन्तुष्टिको आगो, प्रचण्ड र जनार्दनबीच किन भयो भनाभन ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेताहरु वर्षमान पुन वा जनार्दन शर्मामध्ये महासचिव कसलाई बनाउने ? भन्ने विषय पेचिलो बन्दा नेकपा माओवादी केन्द्र  महाधिवेशन सकिएको ६ महिनासम्म पदाधिकारीविहीन रह्यो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुनः पार्टीको अध्यक्ष बनाएर सकिएको आठौं महाधिवेशनको झन्डै ७ महिनापछि मात्रै माओवादीले पदाधिकारी टुंग्याएको थियो । 

गएको भदौ ४ गते बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चर्चामा रहेका दुई नेताहरुलाई उपमहासचिवमा थन्क्याए । 

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो व्यक्तिलाई महासचिवको रुपमा प्रस्तुत गरे । उक्त बैठकले नेता  देव गुरुङलाई महासचिव बनायो । 

पुन र शर्मासँगै ६ जना उपमहासचिव बने । तर, माओवादीको पदाधिकारी चयनमा असन्तुष्टि रहे पनि नेताहरुले खुलेर विरोध जनाउन सकेनन् ।

Global Ime bank

बुधबार अखिल क्रान्तिकारीले चुनाव लक्षित फोर्स गठन गर्न आयोजित कार्यक्रममा शर्माले असन्तुष्टि पोखे । उनले उपमहासचिव पद अस्वीकार गरेको संकेत समेत गरेका छन् । 

‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा जनार्दनले आफू उपमहासचिवका रूपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताए । 

“म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,” जनार्दनले कार्यक्रममा भने,“पार्टीमा ६ जना उपमहासचिव छन् । म यहाँ उपमहासचिव पदको हैसियतमा सम्बोधन गर्न आएको होइन ।”

विद्यार्थीलाई देखाएर असन्तुष्टिको आगो 

माओवादीमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवादमा पार्टी नेताहरुको असन्तुष्टिको साइड इफेक्ट देखिन्छ । 

विवाद समाधान गर्नका लागि पार्टीको स्थायी कमिटीले निर्णय गरी कार्यदल समेत बनाएको थियो । पूर्वविद्यार्थी नेता रमेश मल्लको नेतृत्त्वमा भएको कार्यदलले प्रतिवेदन पनि बुझाइसकेको छ । तर, विवाद भने झनै चर्र्किदै गएको छ । 

उपाध्यक्ष पवन कार्की नेतृत्वको विद्रोही समूहले मंगलबार क्रान्तिकारी फोर्स गठन गर्‍यो । विद्रोही समूहको प्रवक्ता उपदेश यादवले मंगलबार काठमाडौंमा रिभोलुसनरी फोर्स गठन गरिएको जानकारी दिए । 

बुधबार अखिल क्रान्तिकारीले अध्यक्ष प्रचण्डको उपस्थितिमा फोर्स गठन कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा जनार्दनले पद अस्वीकार गरेको इंगित गरेका थिए । उनलाई प्रचण्डले सोही मञ्चबाट जवाफ समेत दिए । 

प्रचण्डले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको उल्लेख गरे । नेताहरूको रक्षा गर्ने र हुर्काउन पनि आफूले नै मुख्य भूमिका खेलेको प्रचण्डले बताए । उनले यसो भनेर जनार्दनलाई धरातल नभुल्न अप्रत्यक्ष रुपमा चेतावनीसमेत दिएका थिए ।

“जनार्दनले जाँदाजाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,” प्रचण्डले भने,“अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्, तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्, तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् र हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाती लिएर सबै अगाडि बढून् भन्ने छ ।”

वर्षमान पक्ष पनि असन्तुष्ट 

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह शर्मा निकट हुन् । उनले पार्टीमा एक पक्षीय रुपमा अघि बढेको भन्दै कार्की समूह मात्रै नभएर वर्षमान पुन निकटहरु पनि सन्तुष्ट छैनन् । 

अखिलमा शर्मा हावी भएपछिको साइड इफेक्टको रुपमा पनि नेताहरु अर्थ्याउँछन् ।

कार्यक्रममा पुन निकट वरिष्ठ उपाध्यक्ष इन्द्र भुसालसहितका उपाध्यक्षहरु सहभागी भएनन् । नेताहरु अच्युत भट्ट, मिलन एमसी, लक्ष्मी जोशीलगायतले कार्यक्रम अस्वीकार गरेका थिए । 

उनीहरुले गुटको कार्यक्रमको संज्ञा दिएर कार्यक्रम बहिस्कार गरेका हुन् । वरिष्ठ उपाध्यक्ष भुसालले विवादित कार्यक्रममा पार्टी अध्यक्ष उपस्थित नहुन आग्रह गर्दैै फेसबुकमा स्टाटससमेत लेखेका थिए । 

कमिटी अध्यक्ष पञ्चा सिंह कमिटीमा छलफल नै नगरी अघि बढेको उनको आरोप छ । कार्यक्रमबारे सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताए । 

“उहाँ छलफल नगरी मनोमानी ढंगले अघि बढ्नुभयो । कमिटीसँग छलफल, संवाद नै गर्न नचाहने । अध्यक्षलाई संगठन विधिमा चलेको छैन । संगठनमा भएकाहरुले अपनत्व महशुस गर्न सकेको छैनन्,” उनले बाह्रखरीसँग भने, “आजको कार्यक्रमबारे पनि छलफल गर्नुभएन । बैठक डाक्नुभएन । सामाजिक सञ्जालमार्फत् थाहा भयो । विवाद भएको एकपक्षीय कार्यक्रममा अध्यक्ष आउनु राम्रो होइन भनेर फेसबुकमा पनि लेखेको थिएँ । तर, त्यो कार्यक्रमबाट राम्रो सन्देश त देखिएन ।”

अर्का एक नेता अखिलको विवादका नाममा नेताहरुको इगो झल्किएको बताउँछन् । 

“नेताहरुको इगो प्रस्टै देखियो । विद्यार्थी संगठनलाई देखाएर अध्यक्षमाथि उहाँ (जनार्दन शर्मा) खनिनुभयो । असन्तुष्टि पोख्नुभयो,” ती नेता भन्छन्,“ उहाँमा हिजोकै धङधङी छ । सबै आफैं गर्न सक्छु भन्ने छ । विवादित भएर अर्थमन्त्रीमा दोहोरिएपछि झनै बल मिलेको देखिन्छ ।”

विद्रोही समूहलाई प्रचण्डको आड !

गएको असार ५ गते अखिल क्रान्तिकारीको तेस्रो केन्द्रीय कमिटी  बैठकमा हात हालाहाल भयो । पदाधिकारी चयनमा असन्तुष्ट कार्कीको समूहले हलमा नाराबाजी गरेको थियो । पछि हात हालाहाल नै भएको थियो । 

विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठकस्थल खाली गराएको थियो ।

अखिल विवाद बढ्दै गर्दा कार्की समूहले छुट्टै भेला राख्ने तयारी गरेपछि प्रचण्डले छलफलमा बोलाएर विवाद सुल्झाउने प्रतिबद्धता जनाएका थिए । 

“केहीअघि हामीले थापाथलीमा भेला राख्ने तयारी गरेका थियौं । अध्यक्षले छलफल गरेर पार्टीले निर्णय गर्छ भन्नुभएको थियो । पार्टीको बैठक पनि बसेर निर्णय भयो । अध्यक्षले त्यसको निर्णय सुनाउनुभयो । तर, पञ्चा सिंहहरुले त्यो मान्नुभएन,” विद्रोही समूहका एक नेता भन्छन् । 

स्रोतका अनुसार विद्रोही समूहलाई प्रचण्डले केही मात्रामा आड दिएका छन् । अनुशासनहीन काम गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीलाई संगठनबाट निलम्बन गरेको थियो । 

“अध्यक्षले केही मात्रामा स्पेश त दिएकै हो । नभए यति लामो समय समानान्तर गतिविधि गर्दा कारबाही भइसक्थ्यो । पञ्चा सिंहले कारबाही प्र्रस्ताव गरेको माइन्युटलाई पार्टीले सम्बोधन गर्न दिएको छैन । अध्यक्षले सिंहलाई तपाईंले गरेको कारबाही गर्न मिल्दैन । यसको समाधान पार्टीले गर्छ भन्नुभएको छ,” स्रोतको दाबी छ । 

अखिलको विवाद समाधान गर्ने जिम्मा लिएका अध्यक्ष प्रचण्डलाई शर्माले ट्रयापमा पारेर कार्यक्रममा लगेको असन्तुष्टहरुको आरोप छ । 

“आजको कार्यक्रममा शर्माले अध्यक्षलाई ट्रयापमा पारेर कार्यक्रममा लैजानुभएको देखिन्छ । उहाँले यो कमिटी हुँदाहुँदै विद्रोही समूहलाई कसले संरक्षण गर्न खोजेको भन्ने जवाफ माग्ने ढंगले प्रस्तुत हुनुृभयो । तर अध्यक्षले विवादबारे बोल्नुभएन,” असन्तुष्ट एक नेता भन्छन्,“विवादित कार्यक्रममा अध्यक्षलाई लगेर त्यही नै कमिटी हो भन्ने देखाउन खोज्नुभयो ।”

मैनाली भन्छन् – दुई कमिटी छैन, उहाँहरु यही आउनुहुन्छ 

पञ्चा सिंह नेतृत्वको अखिलका उपाध्यक्ष तथा प्रवक्ता जिपी मैनाली वैधानिक कमिटीको कार्यक्रममा नेताहरु आएको बताउँदै अर्को कमिटी भनेर बुझ्न आवश्यक नभएको दाबी गर्छन् । असन्तुष्टहरु कमिटीमा नै फर्किएर काम गर्ने उनको दाबी छ । 

“अध्यक्ष प्रचण्ड कार्यक्रममा आएपछि त प्रस्टै बुझिन्छ । अरु तपशिलका कुरा हुन । पछाडि फर्किन सकिँदैन । साथीहरु पनि सँगै आएर काम गर्न थाल्नुहुन्छ होला,” उनी भन्छन्, “नत्र त अध्यक्ष त्यो कार्यक्रममा पनि जानुहुन्थ्यो होला नि ? उपाध्यक्ष १९ जना छौं । पवनजीसँग उहाँबाहेक अरु पदाधिकारी साथीहरु त हुनुहुन्न । संगठनको विधान छ । असन्तुष्टि भए पनि संगठनमा राखेर छलफल गर्ने गर्नुपर्छ । संगठनको विधान प्रक्रिया छ । सबै नेताहरु यता आउने उता नजाने भएपछि दुईवटा छ भन्नुको अर्थ छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !