site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नइ प्रकाशनका पाँच पुस्तक सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । वानीरा फाउन्डेसनका संरक्षक ई. शंकर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच कृतिहरू सार्वजनिक गरे ।

कार्यक्रममा इन्दिरा प्रसाईंद्वारा लिखित प्रयोगवादी कथाकृति ‘बघेनी’का साथै सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालको ‘पर्दाभित्र’ शीर्षकका कवितासंग्रहहरू लोकार्पित भएका हुन् ।

वानीरा फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा समालोचक प्रा.केशव सुवेदीले सार्वजनिक कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए ।
समारोहमा कविताकृतिका नारीस्रष्टाहरूले आफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रममा वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसार्इं, सदस्यसचिव नरेन्द्रराज प्रसाईं, भगवती बस्नेतले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro