site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘एमजी कमेट ईभी’ र ‘एमजी ४ ईभी’ नेपालीमा बजारमा

काठमाडौं  । पारामाउन्ट मोटर्सले नेपाली बजारमा ‘एमजी कमेट ईभी’ र ‘एमजी ४ ईभी’ सार्वजनिक गरेको छ । कम्पनीले आइतबार काठमाडौं एक कार्यक्रमको आयोजना गर्दै दुई मोडलका विद्युतीय सवारीसाधन सार्वजनिक गरेको हो ।

एमजी कमेट ईभी भारतमा बनेको हो । यसले सिङ्गल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ । यसमा १७.३ किलोवाटआवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ ।

एमजी कमेट ईभीमा आईपी६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधा र सहजताको लागि एमजी कमेट ईभीमा एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल किङ, म्यानुअल एसी र हिटर जस्ता सुविधाहरु रहेका छन् ।

एमजी कमेट ईभीको बजार मूल्य १७ लाख ९९ हजार छ । एमजी कमेट ईभी प्ले र पेस गरेर दुईवटा भेरियन्टमा उपलब्ध छ । एमजी कमेट ईभीको हाइ भोल्टेज कम्पोनेन्टमा एक लाखसम्म तीन वर्ष र हाइभोल्टेज ब्याट्रीमा एक लाख २० हजार किलोमिटरको आठ वर्ष वारेन्टी छ ।

यस्तै, एमजी ४ ईभी कम्फर्ट र लक्जरी गरेर दुई भेरियन्टमा उपलब्ध छ । एमजी कम्फर्ट ईभीमा ५१ किलोवाटआवर र ९९ किलोवाटको मोटर छ । एमजी लक्जरी ईभीको ब्याट्री क्षमता ९९ किलोवाटआवर र १५० किलोवाट छ ।

एमजी ४ ईभीको मूख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभ हो । यही मूल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय सवारीको सेग्मेन्टमा पहिला फिचर रहेको कम्पनीले जनाएको छ ।

एमजी ४ ईभीले सिङगल चार्जमा ४३५ किलोमिटरसम्मको रेन्ज दिन्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजी ४ ईभीमा रियल ह्विल लेआउट राखिएको छ ।

रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरु छन् । सहजताको लागि मोबाइल फोन ब्लुटुथ की, पाँचवटा ड्राइभिङ मोड जस्ता फिचरहरु उपलब्ध छ ।

एमजी ४ ईभीको लागि हाई भोल्टेज ब्याट्रीमा एक लाख ५० हजार किलोमिटरसम्म वा आठ वर्ष र हाई भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म वा तीन वर्षको वारेन्टी छ । एमजी कम्फर्ट ईभीको मूल्य ४१ लाख ४९ हजार र एमजी लक्जरी ईभीको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

दुवै ईभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचर छन् । दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी प्रदान गरेको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा उत्साहित भएको बताए । “नेपाली बजारमा यी दुई विद्युतीय सवारीसाधन भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ,” उनले भने, “स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा सवारीसाधन किन्न चाहने ग्राहकका लागि यी दुई मोडेल उपयुक्त हुन्छन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro