site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालिका मृत्यु प्रकरणमा दोषीलाई कारबाही हुन्छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणको छानबिन गरी दोषिउपर कारबाही हुने बताएका छन् ।

इजिप्टको राजधानी कायरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार काठमाडौं आएका मन्त्री बस्नेतले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कारबाही हुने बताए ।

Dabur Nepal
NIC Asia

केही दिनअघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया रेजिशा गोपालीले इमर्जेन्सीमा उपचार नपाएर मृत्यु भएको खबर सञ्चारमाध्यममा आएको थियो ।

आफू विदेशमा भएको बेलामा पनि सो घटनालाई चासोका साथ हेरेको र स्वास्थ्य सचिवलाई फोन गरेर घटनाबारेमा बुझेको बस्नेतले बताए । उनले यस घटनाको छानबिन गर्न समिति गठन भएको र गल्ती गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पारे ।

“त्यो खबर सुन्नेबित्तिकै सचिवज्यु डा. रोशन पोखरेललाई मैले सम्पर्क गरेँ । छानबिन समिति बनाउने प्रक्रिया अगाडि बढेको छ तुरुन्तै भन्नुभएको थियो । बनेको होला,” उनले भने, “केही त्यहाँ जानाजानी त्यस्ता गल्तीहरु केही भएको रहेछ भने कारबाही हुन्छ । उता हुँदा पनि मैले यसलाई चासो राखेर हेरेकै हो । कारबाही नै गर्नुपर्छ भनेको छु मैले ।”

इजिप्टमा भएको कार्यक्रममा बसाइँसराइ र अव्यवस्थित बसोबासका दृष्टिले स्वास्थ्य क्षेत्रमा परेका समस्याहरुको बारेमा छलफल भएको उनले बताए । आधारभूत स्वास्थ्य सेवा दिने कुरालाई व्यवस्थित गर्ने रणनीतिको सम्बन्धमा पनि छलफल भएको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro