site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशका विषयमा शशांक भन्छन्– सर्वोच्चले सरकार चलाओस्, हामी किन चलाउने !

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सबै राजनीतिक विषय अदालतमा पुर्‍याइनु गलत भएको बताएका छन् । आइतबार रामेछापमा आयोजित पत्रकार सम्मेलनमा उनले कोसी प्रदेशको राजनीतिक विषय अदालतमा पुर्‍याइएकामा असन्तुष्टि जनाएका हुन् ।

उनले कोसी प्रदेशको विषय जटिल भएको उल्लेख गरे । सर्वोच्च अदालत निर्णय गर्ने अन्तिम ठाउँ भएको उनले बताए । सबै विषय सर्वोच्चमा लैजाने भए सरकार पनि उसैलाई चलाउन दिए हुन्छ भन्दै उनले आक्रोश पोखे ।

Argakhachi Cement Island Ad

“कोसी प्रदेशको राजनीति जटिल र अप्ठ्यारो छ । सर्वोच्चलाई यसमा ल्याउनै हुँदैन । सर्वोच्चले आफ्नो निर्णय गर्दिएपछि राजनीतिक बाटो नै पृथक् भएर जान्छ । सर्वोच्च अन्तिम निर्णय गर्ने ठाउँ हो,” उनले भने, “सबै कुरा यहाँ लाने भए सर्वोच्चले सरकार चलाओस्, हामी किन चलाउने !”

उनले कोसीको समस्या सबै पार्टीहरूले एक ठाउँमा उभिएर समाधान गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्