site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रसङ्घ प्रमुख भन्छन्– विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको छ 
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताएका छन् ।

गुटेर्रेसले नयाँदिल्लीमा पत्रकारसँग भने, “यदि हामी वास्तवमै एक वैश्विक परिवार हौँ भने आज हामी एक निष्क्रिय परिवारजस्तो किन देखिन्छौं ?”

Prabhu Bank
Agni Group
NIC Asia

“विभाजन बढ्दै गएको छ । तनाव बढिरहेको छ । र, विश्वास कम हुँदै गएको छ । जसले एकसाथ विखण्डनको खतरा हुँदै अन्ततः, टकराव बढाउँछ ।

विश्वको कूल गार्हस्थ्य उत्पादनको लगभग ८५ प्रतिशत र विश्व जनसङ्ख्याको दुईतिहाइ हिस्सा ओगटेको जी–२० प्रमुख अर्थव्यवस्थाहरूको समूहमा हाल १९ देशहरू र युरोपेली सङ्घ छन् ।

Global Ime bank

तर, युक्रेनमा रुसको युद्ध र जलवायु परिवर्तनसँग जुध्न उदीयमान राष्ट्रहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा गहिरो असहमतिले नयाँ दिल्लीमा हुने दुईदिने बैठकमा सम्झौताहरूमा बाधा पुग्ने अपेक्षा गरिएको छ ।

गुटेर्रेसले भने, “यो विभाजन सबैभन्दा राम्रो समयमा गहिरो चिन्ताको विषय हुनेछ । तर, हाम्रो समयमा यसले विपत्ति निम्त्याउँछ ।”

उनले प्रसङ्गलाई जोड्दै भने, “हाम्रो विश्व सङ्क्रमणकालको कठिन घडीमा छ । भविष्य बहुध्रुवीय छ । तर हाम्रा बहुपक्षीय संस्थाहरूले बितेको युगलाई प्रतिबिम्बित गर्छन् ।”

“विश्वव्यापी वित्तीय संरचना पुरानो, निष्क्रिय र अनुचित छ । यसका लागि गहिरो, संरचनागत सुधारको आवश्यकता छ । र, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बारेमा पनि यही भन्न सकिन्छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय