site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हङकङमा १४० वर्षयताकै सबैभन्दा बढी वर्षा

हङकङ । हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण सहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् । सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् ।

विशेषज्ञहरू भन्छन्, “जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।”

अधिकारीका अनुसार हङकङमा बिहीबारदेखि भारी वर्षा सुरु भएको थियो । मध्यरातसम्म सहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । यो १८८४ मा रेकर्ड सुरु भएयताको सबैभन्दा धेरै हो ।

Dabur Nepal
NIC Asia

शुक्रबार अपराह्न अस्पताल प्रशासनले कम्तीमा ११० जना घाइते भएका र चारजनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेको उपचारका क्रममा अस्पतालमा मृत घोषित गरिएको छ । तर, अधिकारीहरूले अझै पनि मृत्यु बाढीसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।

“मलाई याद छैन कि हाम्रो जिल्लामा बाढी यति खराब भएको थियो,” आफ्ना वृद्ध आमाबाबुसँग वोङ ताई सिन जिल्लामा बस्दै आएका ५२ वर्षीय ज्याकीले भने ।

अधिकारीहरूले आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् । आपतकालीन सेवाहरूले यस क्षेत्रका केही भागहरूमा उद्धार कार्य सञ्चालन गरिरहेका छन् ।

“नदीको नजिक बस्ने बासिन्दाहरूले मौसमको अवस्थाप्रति सतर्क रहनुपर्दछ । र, यदि उनीहरूको घरहरू बाढीमा डुबेका छन् भने उनीहरूलाई सुरक्षित स्थानमा सार्न विचार गर्नुपर्छ,” हङकङको मौसम विज्ञान कार्यालयले भनेको छ ।

कार्यालयले सम्भावित भूस्खलनको चेतावनी दिँदै सवारी चालकहरूलाई ‘भिरालो क्षेत्र र अग्ला पर्खालहरूबाट टाढा रहन’ भनेको छ । बढी र डुवानका कारण जनजीवन प्रभावित बनेपछि हङकङको स्टक एक्सचेन्जले शुक्रबारका सबै कारोबार रद्द गरेको छ । रासस÷एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro