
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेटलले अरबानीया माइक्रो बस सार्वजनिक गर्ने भएको छ ।
भारतमा अत्यधिक माग रहेको र नेपालमा बहुप्रतीक्षित फोर्सको अरबानीया माइक्रो बस 'नाडा अटो सो'मा सार्वजनिक गर्दै बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
यो बस नेपालमा आयातित माइक्रोबसमध्ये सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको कम्पनीको दाबी छ ।
कारजस्तै आरामदायी र सुविधासम्पन्न माइक्रो बस पर्यटन तथा होटल व्यवसायी, टुर्स एन्ड ट्राभल्स, ठूला कम्पनीहरू, कूटनीतीक निकायहरू, सरकारी तथा गैरसरकारी संस्थाहरूका लागि उपयुक्त हुने कम्पनीले बताएको छ ।
यो माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको र सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको बताइएको छ ।
सुरक्षाका दृष्टिकोणले सम्पूर्ण रेटिङमा अब्बल मानिएको अरबानीया १४ र १८ सिट क्षमतामा उपलब्ध छ ।