site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुशल भुर्तेल भन्छन्– पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्न सामान्य नै लाग्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर कुशल भुर्तेलले एसिया कपमा भारतसँग खेल्न सहज महसुस गरेको बताएका छन् । 

प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानविरुद्ध आठ रनम आउट भएका कुशलले दोस्रो खेलमा भारतविरुद्ध २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाएका थिए । भारतविरुद्ध ओपनिङमा कुशल आक्रामकरूपमा प्रस्तुत भएपछि नेपालले ९.४ ओभरमा ६५ रनको उत्कृष्ट सुरुआत गरेको थियो । एसिया कपको अनुभव बाँड्दै कुशलले पाकिस्तानसँगको खेलभन्दा आफूले भारतसँगको खेलमा सहज महसुस गरेको बताए ।

Dabur Nepal
NIC Asia

“पाकिस्तानसँगको खेलपछि हामी सबैजना भारतसँग खेल्न आतुर थियौँ । तर, जति पाकिस्तानसँगको खेलका लागि उत्साहित थिएँ, त्यति भारतसँगको खेलका लागि थिइनँ । पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्न नर्मल नै लाग्यो,” कुशलले भने, “भारतसँग हामीले अझै २०–३० रन बनाउँन सक्थ्यौँ । नेपाली टिमले भारतको ड्रेसिङ रुममा गएर मोमेन्टहरू सेयर गर्‍यौँ । त्यो चाहिँ एसिया कपमा हाम्रो बेस्ट मोमेन्ट थियो । समग्रमा अनुभव राम्रो रह्यो । अगाडि खेलहरू छन् । यो अनुभवले आगामी दिनमा सहयोग गर्छ जस्तो लाग्छ ।”

कुशलले एसिया कप खेल्नुभन्दा पनि छनोट हुँदा धेरै खुसी लागेको बताए । “समग्र अनुभव राम्रो रह्यो । एसिया कप खेल्यौँ भन्दा पनि एसिया कपमा छनोट हुँदा धेरै खुसी लागेको थियो । पहिलोपटक एसिया कप खेल्दै थियौँ । पहिलोपटक एसिया कपमा देशको प्रतिनिधित्व गर्न पाउँदा प्राउड फिल भइरहेको थियो । पहिलो खेलमा पाकिस्तानविरुद्ध मसँग हामी सबैजना उत्साहित थियौँ । जस्तो सोचेको थियौँ, जस्तो तयारी थियो त्यस्तो पहिलो खेलमा भएन । तर, हामी त्यो भन्दा राम्रो गर्न सक्छौँ भन्ने थाहा थियो । पाकिस्तान भ्रमण पनि राम्रो भयो । हामीले पहिलोपटक त्यति सुरक्षामा खेलेका थियौँ,” कुशलले भने ।

भारतविरुद्ध कुशलले मोहम्मद सिराजले गरेको ५.३ ओभरमा ९० मिटर लामो छक्का प्रहार गरेका थिए । सिराजलाई लामो छक्का प्रहार गर्दा कस्तो महसुस थियो भन्ने प्रश्न गर्दा कुशलले हाँस्दै भने, “९० मिटरमात्रै पो थियो । ग्राउन्ड बाहिरै पुगेको थियो, मैले त १०० मिटर प्लस होला भन्ने सोचेको थिएँ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro