site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसिया कपबारे सोमपालको अनुभव : पाकिस्तानविरुद्ध ‘ब्याडलक’ भयो (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप–२०२३ खेलेर स्वदेश फर्किसकेको छ ।

एसिया कपमा ‘डेब्यू’ नेपाली टिमले त्यहाँ विश्व एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तान र शीर्ष पाँचभित्र रहेको भारतसँग प्रतिस्पर्धा गरेको थियो ।

एसिया कपमा पहिलो अनुभव लिँदै गरेको नेपाली टिम उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २३८ रनले पराजित भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानी टिमसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेलेको नेपाल ३४३ रनको लक्ष्य पछ्याउने क्रममा १०४ रनमै समेटिएको थियो ।

टस जितेर ब्याटिङमा आएको पाकिस्तानलाई नेपालले सुरुआतमा दबाबमा राख्न सफल भएको थियो । २७.५ ओभरमा पाकिस्तानले १२४ रन जोड्दा शीर्ष क्रममा चार ब्याटरलाई गुमाइसकेको थियो । तर, यसपछि कप्तान बाबर आजम र इफ्तिखर अहेमदको जोडी जम्दा पाकिस्तानले ५० ओभरमा ३४२ रनको विशाल योगफल खडा गर्‍यो ।

Global Ime bank

३४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको नेपाली ब्याटर पाकिस्तानी बलरसामु निरीह र अनुभवहीन देखिए । नेपालले २३.४ ओभरमा १०४ रन जोड्दा सबै विकेट गुमायो । पाकिस्तानविरुद्ध नेपालको फिल्डिङ पनि आशातीत थिएन ।

तर, नेपाली टिमका अलराउन्डर सोमपाल कामी भने पाकिस्तानविरुद्ध नेपालको ‘ब्याडलक’ भएको बताउँछन् । सोमपाल तीनै हुन्, जसले पाकिस्तानविरुद्ध चौथो नम्बरमा आएर ब्याटिङ गर्दै २८ रन बनाएका थिए । जुन, त्यस दिन नेपाली ब्याटरले बनाएको उच्च स्कोरसमेत बनेको थियो । उनले पाकिस्तानविरुद्ध दुई विकेटसमेत लिएका थिए ।

“पाकिस्तानसँगको खेलमा हामीमा जति क्षमता थियो । त्यस्तो प्रदर्शन भएन । हामीले त्योभन्दा राम्रो गर्न सक्थ्यौं । भारतसँगको खेलअघि पाकिस्तानसँग यसरी हार्यौ अब भारतसँग के हुन्छ भन्ने कुरा आउँथ्यो । मैले पाकिस्तानको खेल हेरेर हामीलाई मूल्यांकन नगर्न भनेको थिए । हाम्रो स्किलहरू त्योभन्दा धेरै राम्रो छ भन्थे,” सोमपालले भने, “भारतविरुद्ध हामीले त्यो देखायौं पनि । त्यो खेलमा अझ धेरै रन बन्न सक्थ्यो । व्यक्तिगत रूपमा धेरै कुरा सिक्न पाइयो । पेस बलरसँग खेल्न पाइयो । हामीले पाकिस्तानसँगको खेलमा अझ राम्रो गर्न सकिथ्यो जस्तो महसुस भयो । कुशल, आसिफ, रोहित छिट्टै आउट भए । पाकिस्तानसँग ब्याडलक भयो ।”

नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको थियो । तर, २७ वर्षे क्रिकेट इतिहासमा नेपालले यसअघि विश्व क्रिकेटमा अलग पहिचान बनाएका भारत र पाकिस्तानसँग अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेलेको थिएन ।

नेपालले एसिया कपमा मात्र नभई भारत र पाकिस्तान दुवैसँग पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव लिँदै थियो । पहिलो खेलमा २३८ रनको फराकिलो हार व्यहोरेको नेपाल भारतसँग पनि १० विकेटले निराश भयो ।

ब्याटिङमा २३० रन बनाउँदै भारतलाई चुनौती दिएको नेपालले बलिङमा भने त्यो प्रभाव देखाउन सकेन । वर्षाका कारण भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो । जसलाई भारतीय ओपनर रोहित शर्मा र शुभमन गिलको जोडीले २०.१ ओभरमा पुरा गरे ।

सोमपाल प्रतियोगिता नतिजाका आधारमा सोचेजस्तो नभएको स्वीकार्छन् । एसिया कपमा नेपालबाट सोमपालको जस्तो प्रदर्शन सायदै अन्य खेलाडीको रह्यो ।

प्रतियोगितामा नेपालबाट उच्च रन बनाउने खेलाडी बनेका सोमपालले भारतविरुद्ध आठौँ नम्बरमा आएर ४८ रनको इनिङ खेल्दै भारतीय क्रिकेट विश्लेषकलाई प्रभावित बनाएका थिए । एसिया कपमा उनले दुई खेलमा ७६ रन बनाएका थिए ।

“एक खेलाडीको रूपमा हेर्ने हो भने निकै नै राम्रो अनुभव थियो । नतिजा हामीले सोचेजस्तो आएन । प्रतियोगितामा पाकिस्तान र भारतको टिमसँग मैदान सेयर गर्न पाउँदा एकदमै खुसी लाग्यो । पाकिस्तान नम्बर एक वरीयतामा छ । भारत टप फाइभमा छ । उनीहरूलाई टिभीमा हेरिन्थ्यो । उनीसँग खेल्न र उनीहरूविरुद्ध बलिङ गर्न पाउँदा एकदमै खुसी लाग्यो । आशा छ, हामीले फेरि प्रतियोगिता खेल्नेछौँ र यो भन्दा राम्रो नतिजा ल्याउँछौँ,” सोमपालले थपे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement