site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौशाला २६ को जन्मदर्ता र बसाइँसराइको कागज झिकाउन आदेश, सात दिनपछि निरन्तर सुनुवाइ हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो ।

इजलासले पीडित नाबालिगको जन्मदर्ता र बसाइँसराइको कागज सात दिनभित्र झिकाउन र त्यसपछि निरन्तर सुनुवाइ गर्न आदेश दिएको छ ।

पीडित बालिकाको पहिले बसाइँ सरेर गएको स्थानबाट कागज झिकाइएकोमा अहिले बसाइँ सरेको पालिकाबाट कागज झिकाउन लागिएको हो । पीडितको परिवार २०६९ माघ १५ मा बसाइँ सरेको यसअघिको कागजमा उल्लेख छ ।

यसअघि, गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला २६ (छ) की आमाको उमेर एकीन गर्ने आदेश गरेको थियो ।

त्यसपछि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । पेसी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro