site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीपविरुद्धको बलात्कार मुद्दा : गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो ।

Argakhachi Cement Island Ad

यसअघि, गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला २६ (छ) की आमाको उमेर एकीन गर्ने आदेश गरेको थियो ।

त्यसपछि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । पेसी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्