site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विदेश गएका श्रमिकका सन्तानलाई 'पढ्दै कमाउँदै' कार्यक्रम सुरु गर्दै छौँ : श्रममन्त्री 

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा गएका श्रमिकका सन्तानका लागि पढ्दै कमाउँदै कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभामा प्रश्नोत्तरका क्रममा उनले कमाउने संस्कृतिलाई अघि बढाउन सो कार्यक्रम अघि बढाउन लगाएको बताए । 

“विदेशमा गएका श्रमिकको सन्तानका हकमा पढ्दै कमाउँदै, कमाउँदै पढ्दै भन्ने कार्यक्रम केही स्कुलहरूमा सुरु गर्न खोजिरहेका छौँ । कमाउने कल्चर अघि बढ्दै जाओस्,” उनले भने । 

उनले अर्थतन्त्रमा समस्या रहेको भन्दै अहिले नै कुनै चमत्कार गर्ने र रोजगारी सिर्जना गर्ने अवस्था नरहेको बताए । 

उनले भिजिट भिसामा, व्यक्तिगत भिसामा विदेश गएकाहरू बढी ठगिएको बताए । संस्थागतरूपमा पठाएका मेनपावरलाई कारबाही गर्न सकिने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्