देश

काठमाडौं । सरकारले लम्पी स्किन रोगबाट १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सवालजवाफ कार्यक्रममा भाग लिँदै कृषिमन्त्री बेदुराम भुसालले १३ लाख ९३ हजार ५९५ पशु निको भएका तथा ७३ हजार ६३६ उपचार भइरहेको बताए ।
सांसद दिलेन्द्र बडूको प्रश्नको जवाफ दिँदै उनले लम्पी स्किनबाट ५२ हजार ५४८ पशु मरेका जानकारी दिए । उनले अहिले पशुलाई खोप लगाउने काम भइरहेको बताए ।
नेपालमा खोप उत्पादन नहुने भएकाले जोर्डन, तान्जेनिया र टर्कीबाट खोप आयात भइरहेको मन्त्री भुसालले बताए । हालसम्म १३ लाख ७९ खोप आयात भएको र नौ लाख १९ हजार ४१६ पशुलाई खोप लगाइसकिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १६:०५
प्रतिक्रिया दिनुहोस्