site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषिमा आधुनिकीकरण : हलोको संख्या घट्यो, ट्याक्टरको प्रयोग झण्डै दोब्बरले बढ्यो

काठमाडौं । कृषिगणना २०७८ ले नेपालमा कृषि कार्यमा प्रयोग हुने फलामे हलोको संख्या घट्दो र ट्याक्टरको प्रयोग बढ्दै गरेको देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘कृषिगणना २०७८’ को नतिजामा उक्त कुरा देखाइएको हो ।  कृषिगणना २०६८ ले आठ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो ।

पछिल्लो कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ । यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रूपमा गिरावट आएर आठ लाख ५६ हजार २८३ बाट पाँच लाख ९ हजार ८२५ वटमा झरेको छ ।

पछिल्लो एक दशकमा चार लाख ७१ हजार २६० कृषक परिवारले कृषि कार्यका लागि पावरट्रिलर प्रयोग गरेका छन् । एक लाख १७ हजार ९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro