site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न माओवादी सांसदको माग
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले बुधबार यादवमाथि गरिएको प्रहारको भर्त्सना गरे ।

उनले आक्रमणकारीले लगाएको नारा अहिलेको प्रणालीविरुद्ध रहेको बताए । आक्रमणकारी आफ्नो पार्टीको नभएको भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाको अभिव्यक्तिलाई आफूहरूले स्वीकार गर्ने सांसद पौडेलले बताए ।

“पूर्व बोल्ने मान्य (धवलशमशेर राणा)ले दलविशेषको निर्देशन होइन भन्नुभएको छ, त्यसलाई हामी मान्छौँ,” उनले भने, “ तर, उनले त्यहाँ व्यक्त गरेका विचार, लगाएको नाराले अहिलेको प्रणाली, संविधान, राज्यका स्थापित मान्यतालाई अस्वीकार गरेर त्यसको प्रतिकारस्वरूप आक्रमण गरेको कुरा व्यक्त भएको छ ।”

लोकतान्त्रिक प्रणालीको रक्षा गर्न आवश्यक परे लड्न तयार रहेको उनले बताए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेताहरूलाई ‘चोर’ भन्दै ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति दिएकामा आपत्ति जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro