site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा कृषक परिवार बढे, कृषि कार्य हुने जग्गा घट्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा पछिल्लो दशकमा कृषक परिवारको संख्या बढेको र कृषि कार्य हुने जग्गा घटेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना २०७८’ को नतिजाले उक्त कुरा देखाएको हो ।

कार्यालयका अनुसार कृषि गणना २०७८ मा नेपालमा कुल ४१ लाख ३० हजार ७८९ कृषक परिवार रहेको पाइएको छ ।

अघिल्लो कृषिगणना २०६८ मा नेपालमा कृषक परिवार ३८ लाख ३१ हजार ९३ जना कृषक परिवार रहेको देखाइएको थियो । अर्थात, पछिल्लो एक दशकमा नेपालमा दुई लाख ९९ हजार ६९६ कृषक परिवार थपिएका छन् ।

कृषि गणना २०७८ अनुसार नेपालमा २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ । अघिल्लो कृषि गणना २०६८ मा २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो ।

अर्थात, अघिल्लो कृषि गणनाको तुलनामा कृषि गणना २०६८ मा कृषि कार्य भइरहेको जग्गा तीन लाख सात हजार २२९ हेक्टरले घटेको छ ।

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाईएको छ । अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।

यो कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।

अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro