site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आईफोनको प्रयोगमा चीनले लगायो प्रतिबन्ध

काठमाडौं । चीनले केन्द्रीय सरकारी अधिकारीहरुलाई आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको वालस्ट्रिट जर्नललाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । यो समाचारपछि बुधबार एप्पलको सेयर ३.६ प्रतिशतले घटेको थियो ।

च्याट ग्रुप वा बैठकमार्फत कर्मचारीहरूलाई यो प्रतिबन्धको जानकारी उपलब्ध भइरहेको बताइएको छ । तर, यस विषयमा चिनियाँ विदेश मन्त्रालय वा एप्पलले नै पनि कुनै प्रतिक्रिया भने दिएको छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चिनियाँ केन्द्रीय सरकारी एजेन्सीसँग निकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले चिनियाँ अधिकारीले औपचारिक नीतिबिना नै महामारी अघिदेखि नै आईफोन प्रयोग नगर्ने नियम पालना गर्न थालेको उल्लेख गरेको छ ।

चीन सरकारले यसको सट्टा ठूला हुवावे जस्ता स्थानीय कम्पनीले बनाएका स्मार्टफोन प्रयोग गर्नेछन् ।

एप्पलका सीईओ टिम कुकले गत मार्चमा चीनको भ्रमण गरेका थिए । चीन एप्पलका लागि १९ प्रतिशत हिस्सा रहेको ठूलो एवं महत्वपूर्ण बजार हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्