site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचवटा प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस र कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro