site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रेस युनियनका अध्यक्ष शिव लम्साल बीपी साहित्य महोत्सवको तयारी समितिमा नबस्ने !

काठमाडाैं । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बीपी साहित्य महोत्सवको तयारी समितिमा बस्न असहमति जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले प्रेस युनियनसँग सल्लाह नै नगरी तयारी समितिमा आफ्नो नाम राखिएकोमा असहमति रहेको बताएका हुन् ।

"महोत्सव सम्पन्न गर्ने सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय समितिले गठन गरेको महोत्सव तयारी समितिप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । महोत्सव सम्पन्न गर्न दोस्रो चरणमा समिति विस्तार गर्दा सरसल्लाह नै नगरी म प्रेस युनियनको अध्यक्ष शिव लम्सालको समेत नाम राखेर प्रकाशन गरिएको विज्ञप्ति प्रति मेरो असहमति छ । उक्त समितिको सदस्यमा म शिव लम्साल नरहेको जानकारी यसै विज्ञप्ति मार्फत गराउँछु," लम्सालले भनेका छन् ।

Dabur Nepal
NIC Asia

पार्टीका संस्थापक बीपी कोइरालाको जन्मजयन्तीको अवसरमा कांग्रेसले भदौ २४ देखि २५ गतेसम्म साहित्य महोत्सवको आयोजना गरेको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  २३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro