site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेरेस–३ ईभी नेपाली बजारमा : यस्ता छन् अत्याधुनिक फिचर, मूल्य कति ?

काठमाडौं । युरोपका २१ देशसहित विश्वका ७० भन्दा बढी देशमा बजार विस्तार गरेको विद्युतीय सवारी (ईभी) ब्रान्ड सेरेस नेपाली बजारमा भित्रिएको छ । सेरेस–३ मोडेलअन्तर्गत नेपालमा दुईवटा विद्युतीय गाडी भित्रिएका हुन् ।

एमएडब्ल्यू वृद्धि अटोकर्पले सेरेस ब्रान्डका विद्युतीय गाडी नेपाल भित्र्याएको हो । कम्पनीले भदौ २६ गतेदेखि हुने ‘नाडा अटोसो’मा औपचारिकरूपले गाडी सार्वजनिक गर्ने बताएको छ ।

कम्पनीले ‘गो लिमिटलेस ईभी एसयूभी’ स्लोगन राखेको एसयूभी ईभीले सहर मात्रै नभएर अन/अफ रोड, उबडखाबड भएको पहाडी बाटो र असमथल फाँट जहाँसुकै सहज यात्रा गर्न सकिने बताएको छ ।

seres-ev-(6)-1694006879.jpg

बजार विस्तारका क्रममा नेपाल ७१औँ देश बनेको सेरेस ब्रान्डले हुवावे टेक्नोलोजीसँग मिलेर सन् २०२६ सम्म १० लाख गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । सिलिकन भ्यालीमा स्थापित सेरेस अटोमोबाइल कम्पनीले चीन, जापान र अमेरिकामा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर रहेको बताएको छ ।

सेरेसले उच्च ग्राउन्ड क्लियरेन्स र स्पष्ट नाइट भिजिबिलिटी भएको सेरेस–३ आफ्नो सेगमेन्टकै ठूलो एसयूभी बताएको छ ।

के–के छन् फिचर ?

सेरेस–३ अन्तर्गत ‘कम्फर्ट’ र ‘प्रिमियम’ गरी दुईवटा भेरियन्ट नेपाल भित्रिएका छन् । दुवै भेरियन्टमा लगभग सबैजसो समान फिचर रहेका छन् । गाडीमा दुईहजार ६५५ एमएमको ह्विलबेस रहेको छ । १९० एमएमको ग्राउन्ड क्लियरेन्स छ । ९९ किलोवाटको मोटर पावर रहेको गाडीमा ३०० एनएम टर्क छ ।

seres-ev-(7)-1694006882.jpg

५२.७ किलोवाटको ब्याट्री रहेको सेरेस–३ ले ३५० किलोमिटरदेखि ४०५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
६ वटा एयरब्याग रहेको गाडीमा दुईहजार ६५ किलोग्राम कुल तौल रहेको छ । 

गीत तथा भिडियोका लागि गाडीमा ६ वटा स्पिकर छन् भने, १०.२५ इन्चको टच स्क्रिन रहेको छ । 

स्ट्यान्डर्ड, कम्फर्ट र स्पोर्ट ड्राइभ मोड रहेको गाडीमा यात्रु र चालक दुवैका लागि इलेक्ट्रिकल्ली ६ वे एडजस्टेड सिट रहेको छन् ।

seres-ev-(5)-1694006878.jpg

अन्य ईभी भन्दा फरक के छ ?

सेरेस–३ को डाइमेन्सन लामो र ठूलो हुनुका साथै यसमा ३६० डिग्रीको क्यामेरा रहेको छ । यो क्यामेरा र सेन्सरको मद्दतमा गाडीले चारैतिर ठोक्किन सक्ने स्थिति देखाउँनेछ ।

यसको अर्काे महत्त्वपूर्ण विशेषता भनेको ड्यास क्यामेरा रहेको छ । यो क्यामेराले गाडीको अगाडि रोडको भिडियोसमेत खिच्न सकिने कम्पनीले जनाएको छ ।

seres-ev-(3)-1694006873.jpg

उच्च ग्राउन्ड क्लियरेन्स र नेपालका अन्य ईभीमा नरहेको स्पेयर टायर सेरेस–३ मा रहेको कम्पनीले बताएको छ ।
यसका साथै सहज तरिकाले राखिएको सेन्ट्रल कन्सोल गाडीको अर्काे विशेषता छ ।

वायरलेस मोबाइल चार्जिङ, एन्ड्रोइड अटो र एप्पल कारप्ले र नेभिगेसनका लागि अफलाइन म्यापजस्ता अत्याधुनिक सुविधा गाडीमा रहेका छन् ।

सेरेस–३ मा हायर सिट पोजिसनको एसयूभी अनुभव र सुपेरियर हेडरुम र लेगरुम रहेको कम्पनीले जनाएको छ ।
कठिन बाटोमा परस्कृत ह्यान्डलिङका लागि ३ स्टेयरिङ फिडब्याक मोड पनि सेरेस–३ मा उपलब्ध छ ।

seres-ev-(2)-1694006869.jpg

मूल्य कति छ ?

कम्पनीले अहिले गाडीको मूल्य सार्वजनिक गरिसकेको छैन । नाडा अटो सोमा औपचारिकरूपमा सार्वजनिक गर्दै मूल्य पनि घोषणा गर्ने एमएडब्ल्यू वृद्धि अटोकर्पले बताएको छ ।

तर, सेरेस–३ कम्फर्टको मूल्य ५० लाख र प्रिमियमको मूल्य ५५ लाख रुपैयाँ आसपास हुन सक्ने अनुमान गरिएको छ । 

अत्याधुनिक फिचर र गुणस्तरसहित प्रतिस्पर्धी मूल्यमा गाडीले नेपालमा राम्रो बजार विस्तार गर्न सक्ने देखिएको छ ।

seres-ev-(1)-1694006869.jpg

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro