site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली भलिबल खेलाडीले अबदेखि मासिक पारिश्रमिक पाउने

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडीले अबदेखि मासिकरूपमा पारिश्रमिक पाउने भएका छन् ।

नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाली राष्ट्रिय महिला र पुरुष दुवै टिमले अबदेखि मासिक पारिश्रमिक पाउने जनाएको हो । यसअघि नेपालको भलिबल टिमले कुनै प्रतियोगिता खेलेबापत भत्ता पाउने गरे पनि टिमलाई मासिक तलबको व्यवस्था भने थिएन । अबदेखि भलिबलका महिला–पुरुष दुबै टिमले मासिक पाँच हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।

भलिबल संघलाई अमेरिकामा रहेको नेपाली समुदायले खेलाडीहरूलाई मासिक पारिश्रमिक उपलब्ध गराउनका लागि आर्थिक उपलब्ध गराएका हुन् । खेलाडीहरूको पारिश्रमिकका लागि अमेरिकामा रहेका २४ नेपालीहरूको सहयोग गरेको संघले जनाएको छ । 

मंगलबारको कार्यक्रममा संघले खेलाडीहरूलाई तीन महिनाको पारिश्रमिक वितरणसमेत गरेको छ । संघले सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाको पारिश्रमिक उपलब्ध गराएको हो । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अबदेखि विदेशमा रहेका नेपाली समूदायबाट सहयोग नआए पनि भलिबल संघ आफैँले पारिश्रमिक दिने व्यवस्थालाई निरन्तरता दिने बताए ।

नेपाली महिला भलिबल टिमकी कप्तान अरूणा शाहीले खेलाडीको हौसला बढाउन संघले गरेको कार्यप्रति धन्यवाद व्यक्त गरिन् ।

“मैले १६ वर्षदेखि भलिबल खेलिहरेको भए पनि भलिबल टिमले पहिलोपटक पारिश्रमिक पाएको छ । खेलाडीहरूको हौसला बढाउन संघले गरेको यो कार्यप्रति धन्यवाद दिन चाहन्छु,”कप्तान शाहीले भनिन् ।

यस्तै, पुरुष भलिबल टिमका कप्तान मानबहादुरले पारिश्रमिक पाएको दिन ऐतिहासिक भएको बताए ।

“मैले टिमको कप्तानी सम्हाल्दा नै मासिक पारिश्रमिकको सुरुआत भएको छ । हाम्रो लागि आज ऐतिहासिक दिन हो । यसका लागि समन्वय गर्नुहुने संघका सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु,” कप्तान श्रेष्ठले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro