site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतसँग नेपाल १० विकेटले पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान रोहित शर्मा र सुभमन गिलको शतकीय साझेदारीप्रेरित भारतले एसिया कप–२०२३ मा नेपाललाई १० विकेटले हराउँदै सुपर फोरमा स्थान पक्का गरेको छ ।

सोमबार श्रीलंकाको पालेकेले रंगशालामा सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार पाएको २३ ओभरमा १४५ रनको लक्ष्य २०.१ ओभरमा पूरा गरेको हो ।

जितसँगै भारत तीन अंकसहित सुपर फोरमा प्रवेश गरेको हो । यो हारसँगै एसिया कपमा नेपालको पहिलो सहभागिता जितविहीन टुंगिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतको जितमा कप्तान रोहित शर्माले ७४ रन बनाए । रोहितसँगै अविजित रहेका सुभमन गिलले ६३ रन थपे । नेपालका कुनै पनि बलरले यी दुईबीचको १४५ रनको अविजित साझेदारी तोड्न सकेनन् । 

दोस्रो इनिङ्सको तेस्रो ओभर चलिरहँदा वर्षा भएपछि खेल करिब एक घण्टा अवरुद्ध भएको थियो । त्यसपछि डीएलएस अनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्यसहित खेल पुनः सुरु भएको थियो । 

Global Ime bank

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेखको अर्धशतकमा ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो । 

आसिफले ५८ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १०औँ अर्धशतक हो । भारतका मोहम्मद सिराजले गरेको दोस्रो ओभरको पहिलो बलमा विराट कोहलीबाट एक रनमा खेलिरहेका आसिफको क्याच छुटेको थियो । कोहलीबाट पाएको जिवनदान सदुपयोग गरेका आसिफले ९७ बलमा आठ चौका प्रहार गरे ।

भारतविरुद्ध नेपालका ओपनरद्वय आसिफ र कुशल भुर्तेलले उत्कृष्ट सुरुआत गरेका थिए । यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए । तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन ।

भारतविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएका कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । कुशल पनि इनिङको पहिलो ओभरको छैटौँ बलमा क्याच आउट हुनबाट बचेका थिए । मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौँ बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए ।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन थपे ।

गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे । नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन । पाकिस्तानविरुद्ध गोल्डेन डक भएका कप्तान भारतविरुद्ध पनि ब्याटिङमा चल्न सकेनन् । उनी पाँच रनमा पभेलियन फर्किए । आरिफ शेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रनमात्र थपे । सन्दीप लामिछानेले नौ रन बनाए । कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे ।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए । हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यु’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरेको हो ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल थियो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement