site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई सातौँ झट्का, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले दीपेन्द्रसिंह ऐरीलाई सातौँ विकेटको रूपमा गुमाएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले दीपेन्द्रलाई व्यक्तिगत २९ रनमा गुमाएको हो । दीपेन्द्र भारतका हार्दिक पन्ड्याले गरेको ४१.१ ओभरमा एलबीडब्लू धरापमा परे ।

जारी खेलको ४१.१ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर १९४ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई व्यक्तिगत ३८, भीम सार्कीलाई सात रनमा, कप्तान रोहितकुमार पौडेललाई पाँच, कुशल मल्ललाई दुई, आसिफ शेखलाई ५८ र गुल्सन झा २३ रनमा गुमाएको थियो । हाल क्रिजमा रहेको सोमपाल कामी २५ रनमा खेलिरहेका छन् ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro