site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई छैटौँ झट्का, गुल्सन आउट

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले गुल्सन झालाई छैटौँ विकेटको रुपमा गुमाएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले गुल्सनलाई व्यक्तिगत २३ रनमा गुमाएको हो । गुल्सन भारतका मोहम्मद सिराजले गरेको ३१.५ ओभरमा विकेटकिपर इसान किसनबाट क्याच भए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जारी खेलको ३१.५ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ ।

नेपालले यसअघि कुशल भुर्तेललाई व्यक्तिगत ३८, भीम सार्कीलाई सात रनमा, कप्तान रोहितकुमार पौडेललाई पाँच, कुशल मल्ललाई दुई र आसिफ सेखलाई ५८ रनमा गुमाएको थियो ।

हाल क्रिजमा रहेको दीपेन्द्रसिंह ऐरी ६ रनमा खेलिरहेका छन् ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्